﻿महत्त्वपूर्ण: यो सम्झौता तपाईं र HONOR Device Co., Ltd. (यसपछि “HONOR” भनी सन्दर्भित गरिनेछ) बीचको Honor Suite (यो सफ्टवेयर) को प्रयोगलाई नियन्त्रण गर्ने अन्तिम प्रयोगकर्ता इजाजतपत्र सम्झौता हो । 'स्थापना गर्नुहोस्' मा क्लिक गर्ने कार्यले तपाईंले यो सम्झौताको सामग्रीलाई ध्यानपूर्वक पढ्नुभएको छ र यसमा सम्मिलित सबै सर्तहरू स्वीकार गर्नुहुन्छ भन्ने जनाउँछ ।

1. एप्लिकेसनको क्षेत्र
यो सम्झौता Honor Suite मा मात्र लागू हुन्छ । यो सम्झौताद्वारा स्वीकृत अधिकारहरू अन्य कुनै सफ्टवेयरमा लागू हुँदैनन् ।

2. बौद्धिक सम्पत्ति अधिकारहरू
यस सफ्टवेयरका सबै बौद्धिक सम्पत्ति अधिकारहरू HONOR सँग सम्बन्धित छन्, र तिनीहरू जनवादी गणतन्त्र चीनका कानून, अन्तर्राष्ट्रिय प्रतिलिपि अधिकार सन्धि तथा बौद्धिक सम्पत्ति अधिकारहरू नियन्त्रण गर्ने अन्य प्रचलित कानून तथा सन्धिहरूद्वारा संरक्षित छन् ।

3. इजाजतपत्रको क्षेत्र
3.1 यो सफ्टवेयर नि:शुल्क उपलब्ध गराइन्छ। तपाईंले यो सफ्टवेयर गैर-व्यावसायिक उद्देश्यहरूका लागि असीमित यन्त्रहरूमा डाउनलोड गर्न, स्थापना गर्न र प्रयोग गर्न सक्नुहुन्छ ।
3.2 तपाईंले यो सफ्टवेयरलाई गैर-व्यावसायिक उद्देश्यहरूका लागि असीमित यन्त्रहरूमा प्रतिलिपि बनाउन, पठाउन तथा वितरण गर्न सक्नुहुन्छ । तथापि, तपाईंले यस सफ्टवेयरका पठाइएका वा वितरण गरिएका सबै प्रतिलिपिहरू सहित यसका सम्पूर्ण प्रतिलिपिहरू पूरा छन् र तिनले यस सफ्टवेयरमा सम्मिलित विद्युतीय कागजात, प्रतिलिपि अधिकार सूचनाहरू, व्यापारचिन्हहरू तथा यो सम्झौता सहितका सबै जानकारी समावेश गर्छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ ।

4. प्रयोगका प्रतिबन्धहरू
4.1 तपाईंले यो सफ्टवेयरलाई पुन: इन्जिनियर गर्न, पुन: निर्माण गर्न वा विघटन गर्न सक्नुहुन्न । साथै, तपाईंले सफ्टवेयर फाइलमा सम्मिलित कुनै पनि संसाधनहरूलाई सम्पादन गर्न सक्नुहुन्न ।
4.2 तपाईंले यो सफ्टवेयरलाई छुट्ट्याउन वा यसलाई आंशिक वा पूर्ण रूपले अन्य सफ्टवेयर प्रणालीहरूमा इम्बेड गर्न सक्नुहुन्न ।
4.3 तपाईंले यो सफ्टवेयरमा सम्मिलित कुनै पनि प्रतिलिपि अधिकार कथन वा सूचनाहरू मेटाउन सक्नुहुन्न ।
4.4 तपाईंले यो सफ्टवेयरलाई कुनै पनि व्युत्पन्न सफ्टवेयर वा एप्लिकेसनहरू विकास गर्नका लागि प्रयोग गर्न सक्नुहुन्न ।
4.5 तपाईंले यो सफ्टवेयरमा रहेका कुनै पनि सुविधाहरू कुनै पनि गैर-कानूनी क्रियाकलापमा संलग्न हुनको लागि प्रयोग गर्न सक्नुहुन्न ।
4.6 तपाईंलाई यस सम्झौतामा स्पष्ट रूपमा प्रदान नगरिएका अन्य सम्पूर्ण अधिकारहरूलाई HONOR ले आरक्षित राख्दछ ।

5. अस्वीकरण
5.1 यो सफ्टवेयरलाई “जस्ताको तस्तै” उपलब्ध गराइन्छ । HONOR ले यो सफ्टवेयरद्वारा उपलब्ध गराइएका सेवाहरूको सामयिकता वा शुद्धतासँग सम्बन्धित कुनै पनि वारेन्टीहरू निर्माण गर्दैन ।
5.2 तपाईंले यसद्वारा स्वीकार गर्नुहुन्छ कि यस सफ्टवेयरद्वारा उपलब्ध गराइएका सेवाहरूले अनियन्त्रित परिस्थितिहरू, कम्प्युटर भाइरस, ह्याकरको आक्रमण, प्रणालीको असंगति तथा अन्य अनिर्दिष्ट हेतुहरूका कारणले गर्दा उचित रूपमा कार्य नगर्न सक्छन् । HONOR को गल्ती नहुने डाटा त्रुटि वा डाटा गुमाइ जस्ता कारणले गर्दा तपाईंमा आइपर्न सक्ने कुनै पनि नोक्सानीका लागि HONOR उत्तरदायी हुनेछैन ।

6. उपयोगको लागि जानकारी
6.1 यस सफ्टवेयरमा रहेका सुविधाहरूले तपाईंको फोनमा Honor Suite स्थापना गर्न आवश्यक गराउँछन् । तपाईंले अनुरोध गर्नुभएका सेवाहरू सम्पादन गर्नको लागि यो सफ्टवेयरलाई प्रयोगको अवधिमा फोन गर्ने, पाठ संदेशहरू पठाउने तथा तपाईंका सम्पर्कहरू पहुँच गर्ने अनुमतिहरू जस्ता केही फोन अनुमतिहरूको पहुँच गर्न आवश्यक पर्न सक्छ ।
6.2 यो सफ्टवेयर आधिकारिक HONOR सञ्चालन प्रणाली चलाउने फोनहरूमा मात्र स्थापना गर्नका लागि डिजाइन गरिएको हो । यो सफ्टवेयरलाई आधिकारिक HONOR सञ्चालन प्रणाली नचलाउने यन्त्रहरूमा स्थापना गर्ने प्रयोगकर्ताहरूलाई HONOR ले यस सफ्टवेयरद्वारा उपलब्ध गराइएका सेवाहरूको गुणस्तरको सम्बन्धमा कुनै वारेन्टीहरू दिँदैन । 
6.3 HONOR ले समय-समयमा यो सफ्टवयेरका लागि अद्यावधिकहरू उपलब्ध गराउन सक्छ । सेवाको निरन्तर प्रावधानलाई सुनिश्चित गर्न, यस सफ्टवेयरको यो संस्करणले तपाईंको फोनमा स्थापित Honor Suite को संस्करणसँग मेल खानु पर्छ ।

7. खारेजी
तपाईंले यस सम्झौताका नियम तथा सर्तहरूको अनुपालना गर्नुहुन्न भने HONOR र/वा यसका इजाजतपत्र वाहकहरूले यो सम्झौतालाई कुनै पनि समय खारेज गर्ने अधिकार राख्दछन् । यो सम्झौताको खारेजी पश्चात, तपाईंले यो सफ्टवेयरको प्रयोगलाई तुरून्तै रोक्नुपर्छ र आफ्नो कम्प्युटरमा स्थापना गर्नुभएका वा प्रतिलिपि बनाउनुभएका सबै सफ्टवेयर तथा कुनै पनि सम्बन्धित डाटालाई मेटाउनु पर्छ । 

8. सीमित वारेन्टी
8.1 यो सम्झौतामा स्पष्ट रूपमा दिइएका वारेन्टीहरूका अतिरिक्त, HONOR ले विशेष प्रयोजनको लागि बिक्रयशीलता तथा अनुकूलताका वारेन्टीहरू लगायतका अन्य कुनै वारेन्टीहरू मौखिक वा प्रयोगात्मक रूपमा प्रदान गर्दैन ।
8.2 HONOR ले तेस्रो-पक्ष अधिकारहरूको गैर-उल्लङ्घनको सम्बन्धमा कुनै वारेन्टीहरू प्रदान गर्दैन ।

9. सीमित दायित्व
9.1 अनपेक्षित परिस्थितिहरू, दुरूपयोग, गलत प्रयोग वा यो सफ्टवेयरको अनाधिकृत परिमार्जनका कारणहरूले गर्दा आउने समस्याहरूमा HONOR जारी गरिएका सफ्टवेयरका लागि उत्तरदायी हुनेछैन र कुनै वारेन्टीहरू प्रदान गर्नेछैन । 
9.2 यो सफ्टवेयरको प्रयोगबाट उत्पन्न हुने व्यावसायिक नाफाहरूमा नोक्सानी, व्यवसायमा अवरोध, जानकारी वा डाटा गर्ने लगायतका कुनै पनि आकस्मिक, अप्रत्यक्ष वा दण्डात्मक क्षतिहरू प्रति HONOR उत्तरदायी हुनेछैन । त्यस्ता क्षतिहरूको सम्भावनाको बारेमा सुझाव गरिए तापनि HONOR उत्तरदायी हुनेछैन । 

10. संस्करणका अद्यावधिकहरू
10.1 HONOR ले भविष्यमा यो सफ्टवेयरको संस्करण अद्यावधिकहरू जारी गर्ने वा नगर्ने निर्णय गर्ने अधिकार आफूसँग सुरक्षित राख्दछ ।
10.2 प्रतिस्थापन इजाजतपत्र सम्झौता जारी नगरिएसम्म यो सम्झौता अझैपनि यस सफ्टवेयरका अद्यावधिक गरिएका संस्करणहरूमा लागू हुनेछ ।
10.3 यो सफ्टवेयरलाई अद्यावधिक गरिएको संस्करणको रूपमा चिह्नित गरिन्छ भने तपाईंले यो सम्झौताको अनुपालना गर्नुपर्छ ।

11. लिखित सञ्चारहरू
यो सम्झौतासँग सम्बन्ध राख्ने सबै सञ्चारहरू लिखित रूपमा तयार गरिनुपर्छ ।

12. विविध
12.1 तपाईं यूरोपेली संघमा आधारित उपभोक्ता हुनुहुन्छ भने, यो सम्झौतालाई जर्मनीको कानूनद्वारा नियन्त्रण गरिनेछ ।तपाईं र HONOR बीचको यो सम्झौतासँग सम्बन्धित कुनै पनि विवाद भएमा अभियोगको लागि जर्मनीको अधिकार क्षेत्रको अदालतमा पेश गरिनेछ । तपाईं अन्य कुनै राष्ट्र वा क्षेत्रमा आधारित उपभोक्ता हो भने, यो सम्झौतालाई जनवादी गणतन्त्र चीनको कानूनद्वारा नियन्त्रण गरिनेछ । यो सम्झौतासँग सम्बन्धित कुनै पनि विवादलाई अनुकूल सम्झौता मार्फत समाधान गरिनेछ । सम्झौता मार्फत विवादलाई समाधान गर्न नसकिएको अवस्थामा विवादलाई अभियोग मार्फत समाधान गर्नको लागि Shenzhen Longgang जिल्ला जनअदालतमा पेश गरिनेछ ।
12.2 कुनै मौखिक सम्झौताहरू प्रविष्ट गरिएका छैनन् ।
12.3 यस सम्झौताको कुनै पनि प्रावधान कुनै कारणद्वारा पूर्ण वा आंशिक रूपमा अमान्य वा अप्रवर्तनीय भएको वा कुनै प्रचलित कानूनको उल्लङ्घन गरेको अवस्थामा तोकिएको प्रावधानलाई अलग गर्न योग्य प्रावधान मानिनेछ । तथापि, यहाँका अन्य प्रावधानहरूको मान्यता तथा प्रवर्तनीयता प्रभावित हुनेछैन ।
12.4 HONOR ले यो सम्झौतालाई समय-समयमा अद्यावधिक वा परिमार्जन गर्न तथा परिमार्जित संस्करणलाई कानू्नले अनुमति दिएका माध्यमबाट तपाईंलाई पठाउन सक्छ । तपाईंले यो सम्झौतामा HONOR गरेको परिमार्जनलाई स्वीकार गर्नुहुन्न भने तपाईंले तुरून्तै यो सफ्टवेयरको प्रयोगलाई रोक्नुपर्छ । तपाईंले HONOR को अद्यावधिक प्राप्त गरिसकेपछि पनि यो सफ्टवेयरको प्रयोगलाई गर्न जारी राख्नुहुन्छ भने तपाईंले यो सम्झौतामा HONOR गरेको परिमार्जनलाई स्वीकार गर्नुहुन्छ भन्ने जनाउनुहुन्छ ।

13. सम्पूर्ण सम्झौता
यो सम्झौता र यसका परिशिष्टहरूले यहाँका विषयवस्तुसँग सम्बन्धित पक्षहरू बीचको सम्पूर्ण सम्झौतालाई स्थापित गर्दछ र अगाडि भनिएका वा लेखिएका विषय वस्तुसँग सम्बन्धित कुनै पनि प्रस्तुतीकरण र/ वा सम्झौताहरूलाई प्रतिस्थापन गर्दछ । यस सम्झौताले यो सफ्टवेयरसँग सम्बन्ध राख्ने HONOR का सबै दायित्वहरू समावेश गर्दछ ।
