प्रिय प्रयोगकर्ताहरू,
Huawei Device Co., Ltd. तथा यसको विश्वभरिको सम्बद्ध संस्थाहरू ("Huawei", "हामी", "हाम्रो", तथा "हामीलाई") लाई तपाईंको गोपनीयता तपाईंको लागि कतिको महत्त्वपूर्ण कुरा हो भनेर थाहा छ र यसको सुरक्षा गर्न पूर्णतया प्रतिबद्ध रहेका छन्। कृपया तपाईंले यो गोपनीयता नीति ("यो नीति") पढेर, बुझेर तथा सहमत नभई Huawei मा व्यक्तिगत वा निजी डाटा नबुझाउनुहोस्।
हामीले तपाईंलाई निम्न कुरा बुझाउनको लागि यो नीति बनाएका हौँ:
1) Huawei ले तपाईंको व्यक्तिगत डाटा कसरी प्रयोग गर्छ
2) Huawei ले कुकीज तथा उस्तै प्रविधिहरूको प्रयोग कसरी गर्छ
3) Huawei ले तपाईंको व्यक्तिगत डाटा कसरी खुलासा गर्छ
4) तपाईंको व्यक्तिगत डाटा कसरी पहुँच वा हेरफेर गर्ने
5) Huawei ले तपाईंको व्यक्तिगत डाटाको सुरक्षा कसरी गर्छ
6) Huawei ले बच्चाहरूको व्यक्तिगत डाटालाई कसरी व्यवहार गर्छ
7) Huawei को तेस्रो पक्ष सेवा प्रदायक तथा उनीहरूको सेवाहरू
8) तपाईंको व्यक्तिगत डाटा कसरी अन्तर्राष्ट्रिय स्थानान्तरण हुन्छ
9) यो नीतिलाई कसरी अद्यावधिक गरिन्छ
10) अन्तर्राष्ट्रिय प्रयोगकर्ताहरू
11) Huawei लाई कसरी सम्पर्क गर्ने
कृपया याद राख्नुहोस् यो नीति नितान्त रूपमा फिचर फोन, स्मार्ट फोन, ट्याबलेट, होम डिभाइस, डाटा कार्ड लगायतका Huawei उपभोक्ता इलेक्ट्रोनिक उपकरणहरू, कम्प्यूटर अनुप्रयोग, उपकरण, सफ्टवेयर, वेबसाइट, तथा यो नीति प्रदर्शन गर्ने वा योसँग सन्दर्भ राख्ने सेवाहरूमा लागु हुनेछ।
यो नीतिमा Huawei ले तपाईंको व्यक्तिगत तथा निजी डाटा कसरी प्रयोग गर्छ भन्ने वर्णन गर्छ तथा तपाईंको गोपनीयताको सुरक्षा गर्ने आफ्नो प्रतिबद्धतालाई पुष्टि गर्छ। नीतिमा सबै सम्भावित डाटा-प्रशोधन परिस्थितिहरू समेटिएको छैन। उत्पादन- वा सेवा-निर्दिष्ट डाटा सङ्कलन सम्बन्धी जानकारी Huawei ले परिपूरक नीतिहरूमा जारी गर्छ। निर्दिष्ट उत्पादन वा सेवाका सम्बन्धमा Huawei को गोपनीयता नीतिहरूलाई पूर्णतया बुझ्न तपाईंले यो नीति तथा कुनैपनि परिपूरक भागहरू पनि पढ्ने सुझाव गरिन्छ।
व्यक्तिगत डाटा भनेको कुनै व्यक्तिको पहिचानका लागि यो मात्र प्रयोग हुन सक्ने अथवा अन्य जानकारीसँग मिलाएर प्रयोग हुन सक्ने जानकारी हो। तपाईंले Huawei उत्पादन वा सेवाहरूको प्रयोग गर्दा यस्ता डाटा सङ्कलन गरिन्छ र यसमा तपाईंको नाम, जन्म मिति, ठेगाना, पहिचान सङ्ख्या, फोन नम्बर, खाता सङ्ख्या, तस्विर, तथा उत्पादन वा सेवाहरूमा पहुँच गरिएको स्थान तथा मिति समावेश हुन सक्छ। Huawei ले तपाईंको व्यक्तिगत डाटा यो नीतिमा उल्लिखित प्रयोजनका लागि मात्र सङ्कलन तथा प्रयोग गर्छ। हामीले सङ्कलन गर्न सक्ने र यसको प्रयोग हामी कसरी गर्छौ| भन्ने उदाहरणहरू तल दिइएका छन्:
1) Huawei द्वारा सङ्कलन गरिएको व्यक्तिगत डाटा
हामी केही व्यक्तिगत डाटा सङ्कलन गर्न सक्छौं, जसमा तपाईंको नाम, प्रोफाइल तस्विर, फोन नम्बर, इमेल ठेगाना, उमेर, तथा स्थान समावेश हुन्छ। हामीले सङ्कलन गर्न सक्ने व्यक्तिगत डाटाका प्रकारको केही उदाहरणहरू तल दिइएका छन्।
a. तपाईंले प्रत्यक्ष बुझाउनु भएको डाटा: कतिपय Huawei सेवाहरूमा तपाईंलाई खाता वा प्रोफाइलहरू सृजना गर्ने अनुमति दिइन्छ। तपाईंलाई खाता जानकारी उपलब्ध गराउने अनुरोध गर्न सकिन्छ, जस्तै तपाईंको इमेल ठेगाना, डेलिभरी ठेगाना, फोन नम्बर, उत्पादन जानकारी, खरिद गरेको समय, तथा भुक्तान विधि। यदि तपाईंले आफ्नो साथीहरूसँग सामाग्री साझा गर्न Huawei सेवाहरूको प्रयोग गर्नु भएमा, हामी तपाईंलाई उनीहरूको सम्पर्क जानकारी उपलब्ध गराउन अनुरोध गर्न सक्छौं, जसमा उनीहरूको नाम, प्रोफाइल तस्विर, फोन नम्बर, तथा इमेल ठेगाना समावेश हुन्छ। केही Huawei सेवाहरूले तपाईंलाई अन्य मानिसहरूसँग सञ्चार गर्ने तथा जानकारी साझा गर्ने अनुमति दिन्छ। यस्ता सबै सञ्चारहरू सुरक्षित हुन्छन्। यदि Huawei यन्त्र वा अनुप्रयोगको प्रयोग गर्ने क्रममा तपाईंको कुनैपनि त्रुटिहरू भएमा, तपाईंले त्रुटि विवरण Huawei मा पठाउन रोज्न सक्नुहुन्छ।
b. सेवा प्रयोग डाटा: हामी तपाईंको यन्त्रहरूबाट प्रणाली तथा अनुप्रयोग डाटा सङ्कलन गर्न सक्छौं, जसमा यन्त्र नाम, प्रणाली तथा अनुप्रयोग संस्करण, क्षेत्रीय तथा भाषा सेटिङ, यन्त्र संस्करण, यन्त्र पहिचान संख्या (IMEI, ESN, MEID, तथा SN), भौगोलिक स्थान (तपाईंको यन्त्र अवस्थित भएको ठाउँको ID), सेवा प्रदायक नेटवर्क ID (PLMN), प्रयोग प्रवृत्ति, तथा IP ठेगाना समावेश हुन्छ। हामी तपाईंको सेवा पहुँच समयहरू, खोज प्रश्न शब्द, तथा तपाईंको यन्त्रहरूमा कुकीहरूमा भण्डारण भएको डाटा पनि लग गर्न सक्छौं।
c. तेस्रो पक्ष डाटा: हामीले तपाईं सम्बन्धी डाटा कानूनले अनुमति दिए बमोजिम सार्वजनिक तथा व्यावसायिक रूपमा उपलब्ध स्रोतहरूबाट प्राप्त गर्न सक्छौं। हामीले तपाईं सम्बन्धी डाटा तेस्रो पक्ष सामाजिक सञ्जाल सेवाहरूबाट पनि प्राप्त गर्न सक्छौं, जस्तै तपाईं हाम्रो वेबसाइटहरूमा तपाईंको Facebook वा Twitter खाताको प्रयोग गरि लगइन गरेको बेला।
2) Huawei ले तपाईंको व्यक्तिगत डाटा कसरी प्रयोग गर्छ
हामी तपाईंको व्यक्तिगत डाटा निम्न कारणमा प्रयोग गर्न सक्छौं:
a. खरिद आदेशहरू पूर्ति गर्न; उत्पादन वा सेवाहरू डेलिभर गर्न, सक्रिय गर्न, वा प्रमाणित गर्न; तपाईंको अनुरोधमा परिवर्तनहरू गर्न; तथा प्राविधिक सहयोग प्रदान गर्न।
b. तपाईंलाई सम्पर्क गर्न; तपाईंलाई रुचि लाग्न सक्ने उत्पादन तथा सेवाहरूबारे तपाईंलाई जानकारी पठाउन; तपाईंलाई Huawei प्रवर्द्धन तथा बजार सर्वेक्षणहरूमा सहभागी हुन निमन्त्रण गर्न; वा तपाईंको व्यक्त सहमति लिएर तपाईंलाई बिक्री वितरण जानकारी पठाउन। यदि तपाईं उक्त जानकारीहरू पाउन चाहनुहुन्न भने, तपाईं कुनैपनि बेला यसबाट हट्न सक्नुहुन्छ।
c. तपाईंलाई ओपरेटिङ प्रणाली वा अनुप्रयोग अद्यावधिकहरूबारे जानकारी दिन तथा यिनीहरूको स्थापना गर्न।
d. तपाईंलाई एउटा व्यक्तिकृत प्रयोगकर्ता अनुभव तथा व्यक्तिकृत सामाग्री प्रदान गर्न, तथा तपाईंको बिक्री-पश्चात् सेवाहरू सक्रिय गर्न।
e. हाम्रो उत्पादन तथा सेवाहरूमा सुधार गर्न आन्तरिक जाँच, डाटा विश्लेषण, तथा अनुसन्धान गर्न।
f. हाम्रो व्यावसायिक सञ्चालनहरूको दक्षता विश्लेषण गर्न तथा हाम्रो बजार अंश मापन गर्न।
g. ग्राहक सञ्चारहरूमा सुधार गर्न र ग्राहकहरूलाई एउटा सुरक्षित, गुणस्तर सेवा प्रदान गर्ने सुनिश्चित गर्न।
h. तपाईंले हामीलाई त्रुटि विवरण पठाउन रोजेको बेला त्रुटिहरूको समाधान गर्न।
i. तपाईंले अपलोड वा डाउनलोड गरेको डाटा साथै अपलोड र डाउनलोडलाई कार्यान्वयन गर्न आवश्यक पर्ने डाटा समक्रमण, साझा, तथा भण्डारण गर्न।
j. हाम्रो क्षति रोकथाम तथा जालसाजी विरुद्धका कार्यक्रमहरूमा सुधार गर्न।
3) स्थानमा आधारित सेवाहरू
तपाईंले केही निश्चित स्थान-आधारित सेवाहरूको प्रयोग गर्दा, उदाहरणको लागि, कुनै खोज गर्दा, नेभिगेशन सफ्टवेयर प्रयोग गर्दा, वा कुनै निर्दिष्ट स्थानको मौसम जाँच गर्दा, Huawei ले तपाईंको यन्त्रको सटीक वा लगभग स्थान सङ्कलन, प्रयोग, तथा प्रशोधन गर्न सक्छ। Huawei का लागि उपरोक्त सेवाहरू प्रदान गर्न यो आवश्यक छ। Huawei ले तपाईंको यन्त्र पहिचान नम्बरहरू (IMEI, ESN, MEID, र SN), यन्त्र प्रकार, मोडेल, र यथार्थ समय स्थान सम्बन्धी डाटा (GPS, Wi-Fi, र तपाईंको सेवा प्रदायकको नेटवर्कद्वारा प्राप्त) संकलन गर्न सक्छ। Huawei ले यसको स्थानमा आधारित उत्पादन तथा सेवाहरू प्रदान गर्न तथा सुधार्नको लागि स्थान सम्बन्धी डाटा संकलन गर्दछ।
तपाईं कुन कुन अनुप्रयोगहरूमा स्थान-आधारित सेवाहरू सक्षम गर्न चाहनुहुन्छ भनेर हामी तपाईंलाई सोध्न सक्छौं। तपाईंको यन्त्रहरूमा स्थान-आधारित सेवाहरू बन्द गरेर तपाईंले आफ्नो स्थान डाटा साझा नगर्ने रोज्न सक्नुहुन्छ। स्थान-आधारित सेवाहरू अक्षम गर्ने सम्बन्धमा विस्तृत जानकारीका लागि, कृपया तपाईंको नेटवर्क ओपरेटरलाई सम्पर्क गर्नुहोस्।
4) गैर-पहिचान योग्य डाटा सङ्कलन तथा प्रयोग
गैर-पहिचान योग्य डाटा भन्नाले कुनै व्यक्तिको पहिचान गर्न प्रयोग गर्न नसकिने डाटा। उदाहरणको लागि, Huawei ले समग्र तथ्याङ्कहरू सङ्कलन गर्न सक्छ, जस्तै आफ्नो वेबसाइटमा भिजिटरहरूको सङ्ख्या। Huawei ले यसको वेबसाइट, उत्पादन, तथा सेवाहरू मानिसहरूले कसरी प्रयोग गर्छन् भन्ने जान्न यो डाटा सङ्कलन गर्छ। यसबाट Huawei लाई ग्राहक आवश्यकताहरूको पूर्ति गर्न आफ्नो सेवाहरूमा सुधार गर्न सहायता पुग्छ। Huawei ले यसको स्वनिर्णयमा अन्य प्रयोजनहरूको लागि पनि गैर-पहिचान योग्य डाटा संकलन, प्रयोग, प्रशोधन, स्थानान्तरण, वा खुलासा गर्न सक्नेछ।
हामी तपाईंको व्यक्तिगत डाटा तथा गैर-पहिचान योग्य डाटा अलग राख्ने प्रयास गर्छौ|, तथा र प्रत्येक लाई स्वतन्त्र रूपमा प्रयोग गर्छौ|। यदि व्यक्तिगत डाटा र गैर-पहिचान योग्य डाटा मिसिएको छ भने, यसलाई व्यक्तिगत डाटाका रूपमा लिइन्छ।
1) कुकीज
हाम्रो वेबसाइटहरूले उचित रूपमा काम गर्ने सुनिश्चित गर्न, हामी कम्प्युटर वा मोबाइल यन्त्रहरूमा कहिलेकाहीँ कुकी भनिने साना डाटा फाइलहरू भण्डारण गर्छौ|। कुकी भनेको तपाईंको कम्प्युटर वा मोबाइल यन्त्रमा वेब सर्भरद्वारा भण्डार गरिएको एउटा सरल पाठ फाइल हो। कुकी सृजना गर्ने सर्भरले मात्र कुकीको सामाग्रीहरू पुनः प्राप्त गर्न वा पढ्न सक्छ। प्रत्येक कुकी तपाईंको वेब ब्राउजर वा मोबाइल अनुप्रयोगका लागि अद्वितिय हुन्छ। कुकीजमा प्राय परिचायक, साइट नाम, तथा केही अङ्क तथा वर्णहरू समावेश हुन्छ। कुकीजले वेबसाइटहरूलाई डाटा भण्डारण गर्ने अनुमति दिन्छ, जस्तै तपाईंको प्रयोगकर्ता रुचि वा तपाईंको खरिद बास्केटको सामाग्रीहरू।
धेरैजसो ठूला वेबसाइट वा इन्टरनेट सेवा प्रदायकहरूले उनीहरूको प्रयोगकर्ता अनुभवमा सुधार गर्न कुकीज सक्षम गर्छन्। कुकीजले वेबसाइटहरूलाई प्रयोगकर्ताहरूबारे, एकै पटक भिजिट गरेको भएपनि (सत्र कुकीको प्रयोग गरि) वा धेरै पटक भिजिट गरेको भएपनि (पर्सिस्टेन्ट कुकीको प्रयोग गरि) सम्झना राख्ने अनुमति दिन्छ। कुकीजले वेबसाइटहरूलाई सेटिङहरू, जस्तै तपाईंको कम्प्युटर वा मोबाइल यन्त्रहरूको भाषा, फन्ट आकार, तथा अन्य हेर्ने रुचिहरू भण्डारण गर्ने अनुमति दिन्छ। अर्थात हरेक पटक भिजिट गर्दा प्रयोगकर्ता रुचिहरू पुनः कन्फिगर गर्नु पर्दैन। यदि कुनै वेबसाइटले कुकीजको प्रयोग गर्दैन भने, यसले आफ्नो प्रयोगकर्ताहरूलाई प्रत्येक पटक उनीहरूले पृष्ठ खोल्दा नयाँ भिजिटरहरूका रूपमा लिन्छ। उदाहरणको लागि, यदि तपाईं वेबसाइटमा लगइन गर्नुभएमा तथा अर्को पृष्ठमा जानुभएमा, वेबसाइटले तपाईंलाई चिन्दैन, तथा तपाईंलाई पुनः लग आउट गरिनेछ।
Huawei ले यो नीतिमा उल्लिखित भन्दा अन्य कुनैपनि प्रयोजनहरूमा कुकीजको प्रयोग गर्दैन। तपाईंले आफ्नो रुचि अनुसार कुकी व्यवस्थापन गर्न वा मेटाउन सक्नुहुन्छ। थप जानकारीका लागि, AboutCookies.org हेर्नुहोस्। तपाईंले आफ्नो कम्प्युटरमा भण्डारण भएको सबै कुकीहरू मेटाउन सक्नुहुन्छ र धेरैजसो वेब ब्राउजरहरूलाई कुकीज अवरोध गर्ने गरि कन्फिगर गर्न सकिन्छ। यद्यपि, यदि तपाईंले त्यसो गर्नुभयो भने, तपाईंले प्रत्येक पटक हाम्रो वेबसाइटमा जाँदा तपाईंको प्रयोगकर्ता सेटिङहरूलाई आफैले समायोजन गर्नुपर्ने हुन सक्छ। तपाईंको ब्राउजर सेटिङहरू परिवर्तन गर्ने तरिकाबारे थप जानकारीका लागि, कृपया निम्न लिङ्कहरूमा जानुहोस्: <Internet Explorer>, <Google Chrome>, <Mozilla Firefox>, <Safari>, तथा <Opera>.
2) वेब बिकन्स तथा पिक्सेल ट्यागहरू
कुकीजका अतिरिक्त, हामी हाम्रो वेबसाइटहरूमा अन्य उस्तै प्रविधिहरू जस्तै वेब बिकन तथा पिक्सेल ट्यागहरूको पनि प्रयोग गर्न सक्नुहुन्छ। उदाहरणको लागि, तपाईंले Huawei बाट इमेल प्राप्त गर्दा, यसमा क्लिक गर्दा खुल्ने URL हुन सक्छ जसले Huawei को वेबसाइटमा भएको सामाग्रीमा पुर्र्याउँछ। यदि तपाईंले लिङ्कमा क्लिक गर्नुभएमा, तपाईंको उत्पादन तथा सेवा रुचिहरूबारे जान्न र हाम्रो ग्राहक सेवामा सुधार गर्न हामीलाई सहयोग गर्न Huawei ले क्लिक गरेकोलाई ट्र्याक गर्नेछ। वेब बिकन एउटा पारदर्शक छवि हो जो कुनै वेबसाइटमा वा इमेलमा संलग्न हुन्छ। इमेलहरूमा पिक्सेल ट्यागहरू समावेश गर्दा हाम्रो इमेलहरू खोलिएको छ वा छैन भन्ने थाहा पाउन हामीलाई सहायता पुग्छ। यदि तपाईं आफ्नो क्रियाकलापहरू यसरी ट्र्याक नहोस् भन्ने चाहनुहुन्छ भने, तपाईं कुनैपनि बेला Huawei हुलाक सूचीबाट हट्न सक्नुहुन्छ।
3) ट्र्याक नगर्नुहोस्
धेरै वेब ब्राउजरहरूमा ट्र्याक नगर्नुहोस् विशेषता हुन्छ, जसले वेबसाइटहरूमा ट्र्याक नगर्नुहोस् अनुरोधहरू पठाउँछ। हाल, प्रमुख इन्टरनेट मापदण्ड संस्थामा यस्तो अनुरोधहरू प्राप्त गरेपछि वेबसाइटहरूले कस्तो प्रक्रिया चाल्नुपर्छ भन्ने सम्बन्धमा कुनै नीति छैन। यद्यपि, सबै Huawei वेबसाइटहरूले यदि तपाईंको ब्राउजरमा सक्षम गरिएको छ भने ट्र्याक नगर्नुहोस् विकल्पको सम्मान गर्छन्।
Huawei ले तपाईंको व्यक्तिगत डाटा तेस्रो पक्षहरूलाई बिक्री गर्दैन। यद्यपि, निम्न परिस्थितिहरूमा Huawei ले तपाईंको व्यक्तिगत डाटा खुलासा गर्न सक्नेछ:
1) व्यक्त सहमतिमा खुलासाहरू: तपाईंको व्यक्त स्वीकृति प्राप्त गरेर, Huawei ले तपाईंको व्यक्तिगत डाटा अन्य पक्षहरूसँग साझा गर्न सक्छ।
2) Huawei सम्बद्ध संस्थाहरूमा खुलासा: तपाईंको व्यक्तिगत डाटा Huawei को सम्बद्ध संस्थाहरूसँग साझा गर्न सकिन्छ। नीति अनुसार, हामी आवश्यक भएको डाटा मात्र खुलासा गर्नेछौँ।
3) अधिकृत साझेदारहरू ("हाम्रो साझेदार") हरूमा खुलासा: केही Huawei सेवाहरू हाम्रो साझेदारहरूद्वारा प्रदान गरिन्छ। Huawei ले उत्तम ग्राहक सेवा तथा सुधार गरिएको प्रयोगकर्ता अनुभव प्रदान गर्ने उद्देश्यले तपाईंको केही व्यक्तिगत डाटा आफ्ना साझेदारहरूसँग साझा गर्न सक्छ। उदाहरणको लागि, तपाईंले Huawei उत्पादन अनलाइन खरिद गर्दा, डेलिभरी तय गर्न, वा साझेदारहरूलाई सेवाहरू प्रदान गर्ने व्यवस्था गर्न Huawei ले तपाईंको व्यक्तिगत डाटा लजिस्टिक सेवा प्रदायकहरूसँग साझा गर्नु पर्छ। तपाईंको व्यक्तिगत डाटा निर्दिष्ट, व्यक्त, तथा वैध प्रयोजनहरूमा मात्र चलाईने छ, साथै सेवा उपलब्ध गर्न आवश्यक भएको डाटा मात्र खुलासा गरिने छ। Huawei अधीनस्थ संस्था वा साझेदारहरूलाई साझा गरिएको व्यक्तिगत डाटा अन्य कुनैपनि उद्देश्यमा प्रयोग गर्ने अधिकार छैन।
4) कानूनी वा उचित आधारहरूमा खुलासा: यदि कानून, कानूनी प्रक्रिया, मुद्दा, वा सार्वजनिक तथा सरकारी निकायहरूद्वारा आवश्यक भएमा Huawei ले तपाईंको व्यक्तिगत डाटा खुलासा गर्न सक्छ। केही कार्यक्षेत्रहरूमा, यदि Huawei पुनर्गठन, गाभिने, वा दिवालिया तथा खारेजी प्रक्रियाहरूमा संलग्न भएको भए तपाईंको व्यक्तिगत डाटा कारोबार पक्षहरूमा पनि खुलासा गर्न सकिन्छ। Huawei ले उचित आवश्यकता दर्शाउन सकिने अवस्थामा पनि, जस्तै आफ्नो नियम तथा शर्तहरू लागु गर्न र आफ्नो ग्राहकहरूको सुरक्षा गर्न तपाईंको डाज़टा खुलासा गर्न सक्छ।
Huawei को नियम तथा शर्त अन्तर्गत, तपाईं आफ्नो व्यक्तिगत डाटा, जस्तै तपाईंको खाता जानकारी, कुनैपनि बेला व्यवस्थापन गर्न सक्नुहुन्छ। बुझाइएको सबै व्यक्तिगत डाटा सही भएको तपाईंले सुनिश्चित गर्नु पर्छ। Huawei ले तपाईंको व्यक्तिगत डाटा सही, पूर्ण, तथा अद्यावधिक राख्ने उचित प्रयत्न गर्नेछ।
केही कानूनी अपवादहरू बाहेक तपाईंको व्यक्तिगत डाटामा पहुँच पाउने तपाईंको अधिकार हुनेछ। केही कार्यक्षेत्रहरूमा गोपनीयता तथा जानकारी कानूनहरू फरक भएमा, हामी उनीहरूको पालन गर्नेछौँ। यदि तपाईं डाटामा पहुँच गर्न तपाईंको अधिकार उपयोग गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई इमेलद्वारा consumer_privacy@huawei.com मा खबर गर्नुहोस्। सुरक्षा कारणहरूले, तपाईंले लिखित रूपमा आफ्नो अनुरोध गर्न आवश्यक पर्न सक्छ।
तपाईंको हामीले तपाईंका सम्बन्धमा राखेको कुनैपनि व्यक्तिगत जानकारी मेटाउने अधिकार पनि हुनेछ। Huawei ले तपाईंको अनुरोधमा यस्तो जानकारी मेटाउने छ। यस्तो अनुरोध गर्न, तपाईंले हामीलाई इमेलद्वारा consumer_privacy@huawei.com मा सम्पर्क गर्न सक्नुहुन्छ। यदि यी अनुरोधहरू खराब नियतले गरिएको, अव्यवहारिक भएको, वा स्थानीय कानून बमोजिम पहुँच आवश्यक नभएको भन्ने विश्वास गर्ने उचित आधार हामीसँग भएमा हामी अनुरोधहरूको प्रक्रिया सार्न अस्वीकार गर्न पनि सक्छौं।
Huawei ले व्यक्तिगत डाटा सुरक्षालाई गम्भीरता पूर्वक लिन्छ। हामी अनधिकृत पहुँच, खुलासा, प्रयोग, हेरफेर, क्षति, वा क्षतिबाट तपाईंको व्यक्तिगत डाटा सुरक्षित राख्न औद्योगिक-स्तरको अभ्यासहरूको पालन गर्छौ|। हामी तपाईंको व्यक्तिगत डाटाको सुरक्षाका लागि उचित सबै व्यवहारिक कदमहरू चाल्छौँ। उदाहरणको लागि, हामी डाटा गोपनीयता सुनिश्चित गर्न गुप्तिकरण गर्छौ|; डाटालाई हानिकारक आक्रमणहरूबाट रक्षा गर्न हामी भरोसा प्राप्त सुरक्षण संयन्त्रहरूको प्रयोग गर्छौ|; अधिकृत कर्मचारीले मात्र व्यक्तिगत डाटा पहुँच गर्ने सुनिश्चित गर्न हामी भिजिट नियन्त्रण संयन्त्रहरू लागु गर्छौ|; तथा सुरक्षा तथा गोपनीयता सुरक्षण तालीम सत्रहरूका माध्यमबाट कर्मचारीहरू माझ व्यक्तिगत डाटाको सुरक्षा गर्ने महत्त्वबारे हामी सचेतना जगाउँछौँ।
हामी सान्दर्भिक व्यक्तिगत डाटा मात्र सङ्कलन गर्न उचित सबै व्यवहारिक कदमहरू चाल्छौँ। लामो अवधि सम्म राख्न आवश्यक भएको अथवा कानून अनुसार अनुमति प्राप्त भएको अवस्थामा बाहेक, हामी यसै नीतिमा उल्लिखित प्रयोजनहरूको पूरा गर्न आवश्यक पर्ने अवधि सम्म मात्र तपाईंको व्यक्तिगत डाटा राख्छौँ। तपाईंको व्यक्तिगत जानकारीको सुरक्षा गर्न हामीले सक्दो सावधानी अपनाउने भए तापनि, कृपया याद राख्नुहोस् कुनैपनि सुरक्षा उपाय पूर्णतया अभेद्य हुँदैन।
हाम्रो उत्पादन, वेबसाइट, तथा सेवाहरू प्रमुख रूपमा वयस्कहरूका लागि हो। माता-पिता वा अभिभावकहरूको सहमति बिना बच्चाहरूलाई उनीहरूको आफ्नै प्रयोगकर्ता खाता सृजना गर्ने अनुमति छैन। माता-पिताको सहमति लिएर बच्चाको व्यक्तिगत डाटा सङ्कलन गरेको स्थितिमा, यदि कानूनले अनुमति दिएमा, यदि माता-पिता वा अभिभावकहरूले व्यक्त अनुमति दिएमा, वा यदि बच्चाको सुरक्षाको लागि यसो गर्न आवश्यक परेमा मात्र हामी यो डाटा प्रयोग वा खुलासा गर्छौ। स्थानीय कानून तथा परम्परा अनुसार बच्चाको परिभाषा फरक पर्न सक्ने भएतापनि, हामी 13 वर्ष मुनिको कुनैपनि व्यक्तिलाई बच्चा ठान्छौं।
यदि Huawei लाई आफूले पहिला नै प्रमाणित माता-पिताको सहमति बेगर कुनै बच्चाको व्यक्तिगत डाटा सङ्कलन गरेको थाहा लागेमा, यसले सो डाटा सकेसम्म ढिलो नगरि मेटाउने कदम चाल्ने छ।
सुचारू ब्राउज गर्ने अनुभव सुनिश्चित गर्न, तपाईंलाई Huawei तथा हाम्रो साझेदारहरू बाहेक तेस्रो पक्षहरू ("तेस्रो पक्ष") द्वारा सामाग्री वा वेब लिङ्कहरू उपलब्ध गर्न सकिने छ। Huawei को यस्ता तेस्रो पक्षहरूमाथि नियन्त्रण हुँदैन। तपाईंले तेस्रो पक्षहरूद्वारा उपलब्ध लिङ्क, सामाग्री, उत्पादन, तथा सेवाहरूमा पहुँच गर्ने वा नगर्ने भन्ने रोज्न सक्नुहुन्छ।
Huawei को तेस्रो पक्षहरूको गोपनीयता तथा डाटा सुरक्षण नीतिहरूमाथि कुनै नियन्त्रण छैन, जुन यो नीतिद्वारा व्यवस्थित छैन। तपाईंको व्यक्तिगत जानकारी तेस्रो पक्षहरूलाई बुझाउनु भन्दा पहिला, कृपया उनीहरूको सम्बन्धित गोपनीयता सुरक्षण नीतिहरूमा हेर्नुहोस्।
Huawei उत्पादन तथा सेवाहरू विश्व भरि स्थित स्रोत तथा सर्भरहरूद्वारा प्रदान गरिन्छ। अर्थात तपाईंको व्यक्तिगत डाटा तपाईंले हाम्रो उत्पादन वा सेवाहरू प्रयोग गर्ने देश बाहिरका अन्य कार्यक्षेत्रहरूमा हस्तान्तरण गर्न वा त्यहाँबाट पहुँच गर्न पनि सकिन्छ। उक्त कार्यक्षेत्रहरूमा भिन्दै डाटा सुरक्षण कानूनहरू हुन सक्छ, अथवा यस्ता कानूनहरू हुँदै नहुन पनि सक्छन्। उक्त स्थितिमा, Huawei ले सबै प्रचलित कानून तथा नियमनहरूले आवश्यक गराए अनुसार तपाईंको डाटाको उस्तै प्रकारको पर्याप्त मात्रामा सुरक्षण गर्ने सुनिश्चित गर्नेछ। उदाहरणको लागि, Huawei ले सीमा पार व्यक्तिगत डाटा हस्तान्तरण गर्न तपाईंको सहमतिको अनुरोध गर्न सक्छ, वा सीमा पार डाटा स्थानान्तरण गर्नु पूर्व डाटाबाट नाम हटाउने जस्ता सुरक्षा उपायहरू कार्यान्वयन गर्न सक्छ।
Huawei ले समय समयमा यो नीति अद्यावधिक वा संशोधन गर्ने अधिकार आफूसँग सुरक्षित राख्दछ। Huawei ले विभिन्न माध्यमहरू मार्फत तपाईंलाई परिवर्तनहरूबारे सुचना दिनेछ। हाम्रो गोपनीयता नीतिमा परिवर्तन गरेको अवस्था मा, हामी अद्यावधिक गरिएको गोपनीयता नीति हाम्रो वेबसाइट (http://consumer.huawei.com) मा राख्नेछौँ। हाम्रो गोपनीयता नीतिमा भएको कुनैपनि परिवर्तनबारे तपाईंलाई जानकारी गराउँदै हामी तपाईंलाई भिन्दै सूचना (जस्तै विद्युतीय सूचना) पनि दिन सक्छौं।
कृपया ध्यान दिनुहोस् Huawei उपभोक्ता क्लाउड सेवाको कार्य क्षेत्रभित्र पर्ने युरोपेली आर्थिक क्षेत्र (EEA) का सदस्य मुलकहरू वा स्वीट्जरल्याण्ड, अल्बानीया, एन्डोर्रा, बोस्निया, फारोइ आइल्याण्ड्स, गिब्राल्टर, ग्रिनल्याण्ड, म्यासेडोनिया, माल्डोभा, मोनाको, मोन्टेनेग्रो, सान मारिनो, सर्बिया, भ्याटिकन, जापान, कोरिया, संयुक्त राज्य अमेरिका, र क्यानडामा बसोबास गर्ने व्यक्तिहरूसँग सम्बन्धित व्यक्तिगत जानकारी Huawei Technologies Deutschland, GmbH ले नियन्त्रण गर्दछ। यद्यपि, Huawei को अनलाइन स्टोर www.hihonor.com/us Huawei Device USA, Inc. द्वारा नियन्त्रण गरिन्छ।
यदि तपाईंको कुनैपनि प्रश्न, टिप्पणी, वा सुझावहरू भए, कृपया हामीलाई इमेलद्वारा consumer_privacy@huawei.com मा सम्पर्क गर्नुहोस् वा हाम्रो ग्लोवल फिल्ड अफिसहरू मध्ये कुनै एउटामा बुझाउनुहोस्। हाम्रो कार्यालय स्थलहरूको पूर्णतया सूचीका लागि, कृपया हाम्रो निम्न वेबसाइटमा जानुहोस्:
http://www.huawei.com/en/contact-us
महत्त्वपूर्ण सूचना: स्थानीय कानून तथा भाषाको फरकहरूका कारणले Huawei गोपनीयता नीतिको स्थानीय भाषा संस्करण यो संस्करण देखि फरक पर्न सक्छ। फरक परेको स्थितिमा, स्थानीय भाषा संस्करण मान्य हुनेछ।
अन्तिम पटक अद्यावधिक भएको: सेप्टेम्बर 2016
प्रतिलिपि अधिकार © Huawei Device Co., Ltd. 2016. सर्वाधिकार सुरक्षित।