1. हाम्रो बारेमा
HiSuite र यसका सम्बन्धित प्रविधि र प्रकार्यहरू (समग्रमा "सेवाहरू") No. 2 Xincheng Road, Songshan Lake District, Dongguan, Guangdong Province, China मा दर्ता गरिएको र जनवादी गणतन्त्र चीनका कानूनहरू अनुसार निगमित कम्पनी Huawei Device Co., Ltd. (यहाँ यसपछि "Huawei", "हामी", "हाम्रो" वा "हामीहरू" भनिने छ) द्वारा सञ्चालित छन् । यस सम्झौतामा (तल व्याख्या गरिए अनुसार), "तपाईं" र "प्रयोगकर्ता" शब्दले सेवाहरू प्रयोग गर्ने र/वा पहुँच गर्ने कुनै पनि व्यक्तिलाई जनाउँछ ।
2. सम्झौताको उद्देश्य
यो प्रयोगकर्ता सम्झौता, गोपनीयता सूचना र कथन (जुन तपाईंले आफ्नो फोनको HiSuite > बारेमा गएर हेर्न सक्नुहुन्छ) र सेवाहरूमार्फत प्रकाशित वा उपलब्ध गराइएका अन्य नीति र जानकारी (सङ्ग्रहित रूपमा "सम्झौता") भनेको सेवाहरूमा तपाईंको प्रयोग र पहुँचको सम्बन्धमा तपाईंको लागि लागूयोग्य सर्त तथा नियमहरू हुन् । सम्झौताले तपाईंलाई हामी को हौं, हामीले तपाईंलाई कसरी सेवा उपलब्ध गराउनेछौं, सेवाहरूद्वारा वा यससँग सम्बन्धित के-कस्ता क्रियाकलापहरूलाई अनुमति दिइन्छ वा के-कस्तालाई अनुमति दिइँदैन, सेवा समस्या भएमा के गर्ने र अन्य महत्त्वपूर्ण जानकारी बारे बताउँछ । कृपया यस सम्झौतालाई ध्यानपूर्वक पढ्नुहोस् । सेवाहरू प्रयोग गरेर, तपाईं हामीसँग बाध्यकारी कानूनी सम्झौतामा प्रवेश गर्दै हुनुहुन्छ । तपाईंले यो सम्झौता स्वीकार गर्नुहुन्न भने तपाईंले यी सेवाहरू प्रयोग गर्नुहुन्न ।
3. योग्यता
कुनै पनि सेवामा पहुँच वा प्रयोग गर्नका लागि तपाईं 18 वर्ष वा सोभन्दा बढी उमेरको हुनुपर्छ वा तपाईं निवास हुनुभएको कानूनी क्षेत्राधिकारको लागि वयस्कताको उमेरमा पुगेको हुनुपर्छ । तपाईं 18 वर्ष वा वयस्कताको उमेरको हुनुहुन्छ भने, सेवाहरू प्रयोग गर्नका लागि तपाईंको तर्फबाट तपाईंको आमाबुवा तथा कानूनी अभिभावकले सम्झौताका सर्तहरूमा सहमति जनाएको हुनुपर्छ ।
4. सेवाहरूमा पहुँच गर्ने
हामीले तपाईंलाई सेवाहरूमा पहुँच र प्रयोग गर्नका लागि यस सम्झौतासँग सम्बन्धित तथा यस अनुसार सीमित, गैर-विशेष, गैर-स्थानान्तरण योग्य, गैर-सह इजाजतपत्र प्राप्त गर्न योग्य र खण्डनीय इजाजतपत्र प्रदान गर्छौं ।
5 सेवाहरू
Windows PC का लागि, सेवाहरूले निम्न कुराहरू उपलब्ध गराउँछन्:
(1) मेरा यन्त्रहरू: तपाईंको फोनमा सम्पर्कहरू, SMS हरू, छविहरू, भिडियोहरू र फाइलहरू आयात, निर्यात र ताजा गर्ने, एपहरू अद्यावधिक गर्ने र स्थापना हटाउने र Outlook का सम्पर्कहरू र कार्यक्रमहरू समक्रमण गर्ने अनुमति दिन्छ ।
(2) डाटा ब्याकअप: तपाईंका सम्पर्कहरू, SMS हरू, कल लगहरू, टिपोटहरू, रेकर्डिङहरू, कार्यक्रमहरू, संगीत, भिडियोहरू, कागजातहरू, एपहरू र डाटा, प्रणाली यन्त्रहरू र पासवर्ड भल्ट ब्याकअप गर्ने अनुमति दिन्छ ।
(3) डाटा पूर्वावस्थामा ल्याउने: तपाईंलाई माथि उल्लिखित डाटा ब्याकअपहरू पूर्वावस्थामा ल्याउने अनुमति दिन्छ ।
(4) प्रणाली अद्यावधिकहरू: तपाईंलाई फोनमा सफ्टवेयर अद्यावधिक र रोलब्याक गर्ने अनुमति दिन्छ । सेवाको प्रावधान सुनिश्चित गर्नका लागि तपाईंले समयमै प्रणालीको सफ्टवेयर अद्यावधिक गर्नु पर्ने हुन्छ ।
(5) प्रणाली मर्मत: तपाईंलाई प्रणाली मर्मत गर्ने सुविधा प्रदान गर्छ । तपाईंको फोनमा प्रणालीसम्बन्धी समस्या आयो, जस्तै तपाईंको फोन अन गर्न सकिएन भने, तपाईंलाई प्रणाली मर्मत गर्न यो सुविधा प्रयोग गर्ने सिफारिस गरिन्छ ।
Mac का लागि, सेवाहरूले निम्न कुराहरू उपलब्ध गराउँछन्:
(1) मेरा यन्त्रहरू: तपाईंलाई तपाईंको फोनमा भएका सम्पर्कहरू, SMS हरू, छविहरू, भिडियोहरू र फाइलहरू आयात गर्न, निर्यात गर्न, मेटाउन र ताजा गर्न अनुमति दिने ।
(2) डाटा ब्याकअप: तपाईंलाई तपाईंका सम्पर्कहरू, SMS हरू, कल लगहरू, नोटहरू, रेकर्डिङहरू, कार्यक्रमहरू, संगीत, भिडियोहरू, कागजातहरू, एपहरू र डाटा, प्रणाली यन्त्रहरू र पासवर्ड भल्ट ब्याकअप गर्न अनुमति दिने ।
(3) डाटा पुनर्स्थापना: तपाईंलाई माथि उल्लिखित डाटा ब्याकअपहरू पूर्वावस्थामा ल्याउन अनुमति दिने ।
यी सेवाहरू आधिकारिक अपरेटिङ सिस्टम चलिरहेका फोनहरूका लागि मात्र बनाइएको हो । Huawei ले अनौपचारिक अपरेटिङ सिस्टम प्रयोग गर्ने मान्छेहरूलाई सेवाको गुणस्तरसम्बन्धी ग्यारेन्टी दिँदैन ।
तपाईंको सेवाको उपलब्धता सुनिश्चित गर्न तपाईंलाई नियमित रूपमा सेवाहरूको नवीनतम संस्करण जाँच्न प्रोत्साहन गरिन्छ, यसअन्तर्गत तपाईंले सफ्टवेयर अद्यावधिक वा अपग्रेड गर्नु पर्ने हुन सक्छ ।
6. प्रयोगका सर्तहरू
सेवाहरू पहुँच र प्रयोग गरी, तपाईं कानूनी तथा नैतिक रूपमा तथा यस सम्झौता अनुसार सोही गर्ने उत्तरदायित्व लिनुहुन्छ र त्यसमा सहमति जनाउनुहुन्छ । तपाईंले यसद्वारा स्वीकार गरेर सहमति जनाउनुहुन्छ कि अवैध क्रियाकलापलाई बढावा दिने, यौन रूपदेखि स्पष्ट तस्विरहरूलाई चित्रण गर्ने, हिंसालाई बढावा दिने, भेदभावजनक, अवैध कुनै पनि गतिविधि वा कुनै पनि व्यक्ति वा सम्पत्तिमा क्षति वा चोट पुर्‍याउन सक्ने, प्रचलित कानून अनुसार कुनै पनि नागरिक वा अपराधीपूर्ण दायित्व बढाउने सहित बिना कुनै सीमितता तपाईंले पोस्ट गर्न वा प्रसारण गर्न हकदार नहुने कुनै पनि सामग्री वा त्यस्तो पोस्टिङ वा प्रसारणले गोपनीयता र/वा तेस्रो-पक्ष बौद्धिक सम्पत्ति अधिकारको कुनै कर्तव्यको उल्लङ्घन गर्ने सामग्री सहित तर बिना कुनै सीमितता तपाईंले सामग्री प्रसारण गर्नको लागि सेवाहरूको प्रयोग गर्नु हुनेछैन वा अन्यथा बेइमान, अपमानजनक, अत्याचार, हानिकारक, उल्लङ्घन, आक्रामक, बदमाशीपूर्ण, हानिकारक, घोटालापूर्ण, घृणित, भ्रामक, धम्कीपूर्ण, अभिनययुक्त, अश्लील, आक्रामक गोपनीयता वा अन्यथा तपाईंको सेवाको प्रयोगको सम्बन्धमा आपत्तिजनक रहने कुनै पनि क्रियाकलापमा संलग्न हुनु हुनैछैन ।
तपाईंले यस अनुसार स्वीकार गर्नुहुन्छ र उत्तरदायित्व लिनुहुन्छ:
(1) आफ्नो वा अरूहरूको पक्षमा सेवाहरूको कुनै पनि भागबाट कुनै पनि प्रतिलिपि अधिकार, व्यापार चिन्ह वा अन्य सम्पत्ति सम्बन्धी सूचनाहरू नहटाउन ।
(2) सेवाहरूको सम्पूर्ण रूपमा वा कुनै भागलाई पुनर्उत्पादन नगर्न, प्रत्यावर्तनहरू नगर्न वा सेवाहरू वा तिनीहरूका कुनै पनि भागलाई अनय कुनै पनि कार्यक्रमहरूमा संयोजन नगर्न वा त्यसमा संयोजित नगर्न;
(3) सेवाहरू वा तिनीहरूका सम्बन्धित प्रणाली वा सञ्जालहरूको कुनै पनि पक्षमा अनाधिकृत पहुँच हासिल वा हासिल गर्ने प्रयास नगर्न वा भङ्ग नगर्न;
(4) लागूयोग्य कानूनहरूद्वारा यस्ता कार्यहरूलाई निषेध गर्न नसकिने विस्तारसम्म बाहेक, सम्पूर्ण सेवाहरू वा कुनै भागलाई नखोल्न, असङ्ग्रहित नगर्न, उल्टो-इन्जिनियर नगर्न वा त्यसको आधारमा व्युत्पादित कार्यहरू सिर्जना नगर्न वा यस्ता कार्यहरू गर्ने प्रयास नगर्न;
(5) सेवाहरू वितरण नगर्न, इजाजत नदिन, भाँडामा नदिन, बिक्री, पुन: बिक्री, स्थानान्तरण, सार्वजनिक रूपमा प्रदर्शन, सार्वजनिक रूपमा कार्यप्रदर्शन, संक्रमण, स्ट्रिम, प्रसारण वा अन्यथा शोषण नगर्न;
(6) पूर्व लिखित सहमति बिना कुनै पनि व्यक्तिलाई कुनै पनि रूपमा, सेवाहरूलाई सम्पूर्ण वा आंशिक रूपमा (वस्तु र स्रोत कोड सहित) प्रदान नगर्न वा अन्यथा उपलब्ध नगराउन;
(7) कुनै पनि व्यक्तिको नक्कल नगर्न वा कुनै व्यक्ति वा तत्त्वसँग आफ्नो सम्बन्धलाई गलत रूपमा कथन नगर्न वा अन्यथा प्रस्तुत नगर्न;
(8) सेवाहरू (वा त्यहाँ भएको कुनै पनि भाग(हरू)) लाई कुनै पनि गैर-कानूनी उद्देश्यको लागि वा सम्झौतासँग कुनै पनि असमान व्यवहारमा प्रयोग नगर्न, वा सेवाहरू (वा सेवाहरूमा सम्बन्धित वेबसाइटहरू) वा कुनै पनि सञ्चालन प्रणालीमा ह्याक गर्दै वा भाइरस वा हानिकारक डाटा सहित मालिसियस कोड घुसाउँदै सीमितता बिना सहित जालसाजी वा मालिसियस रूपमा काम नगर्न;
(9) सेवाहरूमा तपाईंको पहुँच र/वा प्रयोगको सम्बन्धमा हाम्रा वा तेस्रो पक्षका बौद्दिक सम्पत्ति अधिकारहरूलाई उल्लङ्घन नगर्न;
(10) अटोमेटेड विधिहरू प्रयोग गरी प्रयोगकर्ताहरूका जानकारी सङ्कलन नगर्न वा अन्यथा सेवाहरू वा हाम्रा प्रणालीहरूमा पहुँच नगर्न वा सेवाहरू चालू गरिरहेका सर्भरहमा वा त्यसबाट कुनै नि स्थानान्तरणहरू नखोल्न;
(11) सेवाहरूबाट जानकारी मेटाउन वा अन्यथा सेवाहरूबाट प्रोफाइल र अन्य डाटाको प्रतिलिपि बनाउनको लागि सफ्टवेयर, यन्त्र, लिपि, रोबट वा अन्य कुनै विधि वा प्रक्रियाहरू (क्रलर, ब्राउजर प्लग-इन र एड-अन वा अन्य कुनै प्रविधि वा म्यानुअल कार्य सहित) विकास, समर्थन वा प्रयोग नगर्न;
(12) पूर्व लिखित सहमति बिना सेवाहरूलाई शोषण नगर्न;
(13) कुनै पनि गैर-कानूनी व्यसायिक कारोबारहरूमा सहभागी हुन सेवाहरू प्रयोग नगर्न, जस्तै बन्दूक, औषधी, गैर-कानूनी पदार्थ, पाइरट गरिएको सफ्टवेयर वा अन्य निषेधित वस्तुहरूको बिक्री;
(14) जुवा जानकारी प्रदान नगर्न वा कुनै पनि तरिकामा अरूहरूलाई जुवा खेल्न प्रोत्साहित नगर्न;
(15) लगइन जानकारी अनुरोध नगर्न वा अरू कसैको खातामा पहुँच नगर्न;
(16) पैसा शोदन, गैर-कानूनी नगद अग्रिम धन वा पिरामिड बिक्री पद्धतिहरुमा सहभागी नहुन;
(17) यस सम्झऔता (वा यहाँ भएका कुनै पनि भाग(हरू)) को उल्लङ्घन गर्ने प्रयास नगर्न, यसको लागि सुविधा प्रदान नगर्न वा प्रोत्साहित नगर्न; र
(18) सेवालाई कुनै पनि व्यवहारमा प्रयोग नगर्न जसले सेवा, हाम्रा प्रणाली वा सुरक्षालाई क्षति, असक्षम भार, विकार वा जोखिममा पार्न सक्छ वा अन्य प्रयोगकर्ताहरू वा अन्य कुनै पनि पक्षका कम्प्युटर प्रणालीहरूमा हस्तक्षेप नगर्न वा सेवा वा Huawei सामग्री (तल परिभाषित गरिएको छ) वा डाटामा ह्याक नगर्न वा अनाधिकृत पहुँच हासिल नगर्न ।
7. हाम्रो सामग्री प्रयोग गर्ने
Huawei र/वा यसका इजाजतपत्र वाहकहरूले सेवाहरूमा वा यस मार्फत जानकारीभित्र तथा जानकारीमा तिनीहरूका रूप र संवेदना (समग्रमा, "Huawei Content") सहित शीर्षक र रूचि (पाठ, ग्राफिक्स, भिडियो र अडियो लगायतका कुनै पनि स्वरूपमा), छवि, आइकन, एप, डिजाइन, सफ्टवेयर, स्क्रिप्ट, प्रोग्राम, प्रतिलिपि अधिकार, व्यापारिक नाम र लोगो तथा अन्य सामग्री र सेवाहरू उपलब्ध गराउने सबै अधिकार धारण गर्छौं । तपाईंद्वारा गरिने यी सेवाहरूमा पहुँच र/वा प्रयोगले सम्झौतामा अन्यथा उल्लेख नगरेसम्म तपाईं वा अन्य कुनै पनि व्यक्तिलाई सेवाहरूमा वा तिनीहरूको सामग्रीहरूमा कुनै पनि स्वामित्व वा अधिकार स्थानान्तरण गर्दैन ।
तपाईंले Huawei सामग्रीमा फेरबदल गर्न, प्रतिलिपिहरू बनाउन, निकाल्न, परिमार्जनहरू, गर्न वा यसमा थप्न सक्नुहुन्न वा Huawei सामग्रीलाई कुनै पनि तरिकामा बिक्री गर्न, यसको प्रतिलिपि बनाउन, प्रसारित गर्न, इजाजत दिन वा दुरुपयोग गर्नुहुनेछैन । तपाईंले Huawei का कुनै पनि सामग्रीलाई पुन: प्रकाशन गर्न, निचोड निकाल्न, पुनरुत्पादन गर्न, प्रसारित गर्न वा अन्यथा प्रयोग गर्न चाहनुहुन्छ र यो अन्यथा सम्झौतामा स्पष्ट रूपमा उपलब्ध नगराएसम्म यसबाहेक तपाईंले हामीलाई अग्रिम रूपमा सम्पर्क गरी हाम्रो पूर्व लिखित सहमति प्राप्त गर्नुपर्छ । यो प्रचलित अनिवार्य कानूनहरू अन्तर्गत तपाईंसँग हुन सक्ने कुनै पनि अधिकारको लागि पूर्वाग्रह रहित छ ।
तपाईंलाई सेवाहरू वा सेवाहरूका कुनै पनि भागहरूले कुनै पनि प्रतिलिपि अधिकार, व्यापार चिह्न, पेटेन्ट, व्यापारिक गोप्यता वा अन्य बौद्धिक सम्पत्ति अधिकारको उल्लङ्घन गर्छ जस्तो लाग्छ वा तपाईंसँग सेवाहरूको सम्बन्धमा अन्य चिन्ताहरू छन् भने, कृपया यो सम्झौतामा उपलब्ध गराइएको सम्पर्क जानकारी प्रयोग गरी हामीलाई सूचना दिनुहोस् ।
8. तपाईंको सामग्री
तपाईंले सेवाहरूलाई वा द्वारा अपलोड, प्रकाशन वा अन्यथा प्रसारण गर्ने पाठ, कागजात, तस्विर, फोटोहरू, वा अन्य जानकारीको लागि तपाईंको सामग्रीको स्वामित्व धारण गर्न जारी राख्नुहुनेछ (समग्रमा "तपाईंको सामग्री" भनिनेछ) । आफ्नो सामग्रीको लागि पूर्णतया तपाईं जिम्मेवार हुनुहुन्छ ।
9. सेवाहरू निरीक्षण गर्ने
प्रचलित कानून र नियमनहरूका आधारमा, हामी यस सम्झौतासँग अनुपालन र प्रचलित कानूनको अनुपालन सुनिश्चित गर्नका लागि काम गर्ने उद्देश्य र सेवाहरू सुधार गर्न (डराउने रोकथाम, जोखिम निर्धारण, अनुसन्धान र ग्राहक समर्थन उद्देश्यहरूमा सीमितता नहुने सहित) कुनै पनि आदेश वा अदालत, सहमति निर्णय, प्रशासनिक निकाय वा अन्य सरकारी निकायको आवश्यकतामा सुधार गर्ने अधिकार राख्दछौं भन्ने कुरा तपाईंले बुझ्नुहुन्छ ।
10. गोपनीयता र डाटा सङ्कलन
तपाईंलाई थप दृढ सेवाहरू उपलब्ध गराउन र तपाईंका कारोबारहरूको सुरक्षालाई सुनिश्चित गर्न, Huawei ले गोपनीयता सूचना र सेवाहरूको बारेमा कथनको अनुसार तपाईंको व्यक्तिगत जानकारी सङ्कलन र प्रक्रिया गर्नेछ ।
11. अस्वीकरण
सेवाहरू तपाईंको एकल प्रयोगको लागि मात्र हुन् र कुनै पनि तेस्रो-पक्षद्वारा प्रयोग गरिनु हुँदैन । तपाईंलाई सेवाको अनधिकारिक प्रयोगद्वारा निम्तिने कुनै क्षतिको लागि Huawei र यसका सम्बन्धनहरू, अधिकारी, निर्देशक, कर्मचारी, ठेकेदार, एजेन्ट, तेस्रो-पक्ष भुक्तानी प्रदायक, साझेदार, इजाजतपत्रदाता र वितरकहरू (समग्रमा "Huawei पक्षहरू") उत्तरदायी हुनेछैनन् भनी सहमति जनाउनुहुन्छ ।
तपाईंले गर्ने सेवाहरूको प्रयोगलाई नियन्त्रण गर्न नसकिने कारणहरूले गर्दा यो अज्ञात अवधिको लागि अवरुद्ध हुन सक्छ वा त्यसमा ढिलाइ वा अवरोध हुन सक्छ । तपाईंले सहमति जनाउनुहुन्छ कि त्यस्ता अवरोध, ढिलाइ, दुर्घटना वा समान असफलताहरूबाट निम्तिने वा तिनीहरूसँग सम्बन्धित कुनै पनि दाबीको लागि Huawei पक्षहरू उत्तरदायी हुनेछैनन् ।
प्रचलित कानूनद्वारा अनुमति दिइएको अधिकतम हदसम्म, तपाईं निम्न कारणहरूद्वारा सेवाहरूमा पहुँच गर्न वा सेवाहरू प्रयोग गर्न असक्षम हुनुहुन्छ भने कुनै उत्तरदायित्व, क्षति, घाटा वा क्षतिपूर्तिको लागि Huawei पक्षहरू तपाईं वा अन्य कोहीमा उत्तरदायी हुनेछैनन्:
(1) मर्मत-सम्भार कार्य वा प्रणाली, सफ्टवेयर वा हार्डवेयरका अद्यावधिकहरू सक्षम गर्नको लागि Huawei को कुनै निलम्बन वा सेवाहरूको खारेजी;
(2) Huawei भन्दा अन्यको स्वामित्व वा नियन्त्रणमा रहेको प्रणाली वा सञ्चार सञ्जालको कुनै ढिलाइ वा असफलता;
(3) Huawei र यसका तेस्रो-पक्ष भुक्तानी सेवा प्रदायकहरूको बीचमा कुनै निलम्बन, रद्द वा कुनै सम्झौता वा अन्य व्यवस्थाहरूको खारेजी;
(4) ह्याकरका आक्रमण वा समान सुरक्षा अतिक्रमणहरूको कारणले कुनै त्रुटि वा अवरोधहरू भएमा;
(5) Huawei को उचित नियन्त्रणभन्दा बाहिरको अन्य कुनै कारण ।
कुनै पनि प्रतिनिधित्व वा कुनै प्रकारको अनुमोदन बिना “जस्तो छ त्यस्तै” र “उपलब्ध भए अनुसार” सेवाहरू उपलब्ध गराइन्छ । प्रचलित कानूनहरूद्वारा अनुमति दिइएको अधिकतम हदसम्म, Huawei का पक्षहरूले सबै वारेन्टी, सर्तहरू वा कुनै पनि प्रकारको व्यक्त वा अप्रत्यक्ष अन्य सर्तहरू अस्वीकार गर्दछन् र कुनै ग्यारेण्टी, उपक्रम, प्रतिनिधित्व वा वारेन्टी बनाउन नदिने: (a) सेवामा वा सेवा मार्फत उपलब्ध गराइएका कुनै पनि सामग्रीको पूर्णता वा शुद्धता, विश्वसनीयता वा सामयिकताको सम्बन्धमा; (b) होस्ट गरिएका सेवा वा सर्भर(हरू) खराबी, त्रुटि, भाइरस, बग वा अन्य हानिकारक तत्त्वहरूबाट मुक्त भएमा; (c) कुनै सेवाहरूको सञ्चालन वा कार्यात्मकताका खराबीहरू सुधारिने भएमा; (d) सेवाहरूका विशिष्ट प्रकार्य, तपाईंको प्रयोग वा सेवाहरूमा पहुँचको परिणाम स्वरूप प्राप्त गरिएको कुनै जानकारीको विश्वसनीयता, गुणस्तर वा शुद्धताको सम्बन्धमा; (e) सेवाहरूको सुरक्षा वा त्रुटि रहित प्रकृतिको सम्बन्धमा; (f) सेवाहरूको विश्वसनीयता, गुणस्तर, शुद्धता, उपलब्धता वा तपाईंका आवश्यकताहरू पूरा गर्ने, निश्चित उपलब्धि उपलब्ध गराउने वा निश्चित नतिजा वा निष्कर्षहरू हासिल गर्ने क्षमताको सम्बन्धमा । यी सेवाहरूमा तपाईंको (वा अन्य कुनै व्यक्तिको) पहुँच र/वा प्रयोग मार्फत प्राप्त हुने अन्य जानकारीमा विश्वास गर्नाले, सेवाहरू प्रयोग गर्नाले वा व्याख्या गर्नाले सम्पूर्णमा वा केही भागमा हुने कुनै नोक्सानी वा क्षतिहरूको लागि Huawei पक्षहरू उत्तरदायी हुँदैनन् ।
केही राष्ट्रहरूका कानूनहरूले निश्चित वारेन्टी, ग्यारेण्टी वा उत्तरदायित्वहरूलाई सम्झौताद्वारा बहिष्कार वा सीमित गर्न अनुमति दिँदैनन् । यी कानूनहरू तपाईंमा लागू हुन्छन् भने, माथिका केही वा सबै छूट वा सीमाहरू तपाईंमा लागू नहुन सक्छन् । तपाईंलाई करारयोग्य रूपमा फेरबदल गर्न वा त्याग्न सहमत हुन नसक्ने ग्राहकको रूपमा रहेका अधिकारहरूलाई ती सम्झौताहरूका कुनै पनि कुराले प्रभाव पार्दैन ।
12. उत्तरदायित्वको सीमितता
तपाईंको क्षेत्राधिकारमा प्रचलित कानूनहरूले अनुमति दिएको अधिकतम हद्सम्म, सेवाहरूको तपाईंको पहुँच र प्रयोग तपाईंको एकल जोखिममा हुन्छ र Huawei पक्षहरू तपाईंद्वारा वा अन्य व्यक्तिद्वारा सम्झौतामा, गलतकार्य (लापरवाही सहित) को रूपमा वा अन्य कुनै सिद्धान्तद्वारा हुने सबै दायित्व, नोक्सानी वा क्षतिहरूको लागि निम्नलिखित कुनै पनि स्पष्ट रूपमा सबै दायित्वबाट वर्जित रहन्छन्:
(क) आमदानी, राजस्व, डाटा वा सद्भावनाको नोकसानी;
(ख) विशेष, अप्रत्यक्ष वा परिणाममूलक नोकसानी वा क्षति ।
यो सम्झौताका सीमा र छूटहरू Huawei लाई सुझाव दिइएको वा नदिइएको वा त्यसबाट उत्पन्न हुनसक्ने सम्भावना भएका कुनै पनि नोक्सानहरूको बारेमा सचेत भएतापनि वा नभएतापनि लागू हुनेछन् ।
तपाईं कुनै पनि समयमा सेवाहरूका स्वरूपप्रति असन्तुष्ट हुनुभयो भने, तपाईंको एकमात्र र विशेष समाधानको उपाय भनेको सेवाहरू पहुँच र प्रयोग गर्ने कार्यलाई रोक्नु हो । पूर्वगामी प्रतिबन्धहरूबाट प्रतिकूल प्रभावहरू बिना र तपाईंको क्षेत्राधिकारमा लागूयोग्य कानूनद्वारा अनुमति दिइएको अधिकतम हदसम्म, कुनै पनि घटनामा तपाईं वा अन्य कुनै व्यक्तिको सम्झौतामा, गलतकार्य (लापरवाही सहित) को रूपमा वा अन्य कुनै सिद्धान्तद्वारा हुने कुनै पनि दावी, कानूनी कार्यवाही, दायित्व, उत्तरदायित्व, क्षति, नोक्सानी र खर्चहरूमा Huawei का पक्षहरूको कूल जम्मा दायित्व €50.00 नाँघ्दैन ।
केही राष्ट्रहरूका कानूनहरूले निश्चित वारेन्टी, ग्यारेण्टी वा उत्तरदायित्वहरूलाई सम्झौताद्वारा बहिष्कार वा सीमित गर्न अनुमति दिँदैनन् । यी कानूनहरू तपाईंमा लागू हुन्छन् भने, माथिका केही वा सबै छूट वा सीमाहरू तपाईंमा लागू नहुन सक्छन् र तपाईंसँग अतिरिक्त अधिकार हुन सक्छन् । तपाईंलाई करारयोग्य रूपमा फेरबदल गर्न वा त्याग्न सहमत हुन नसक्ने ग्राहकको रूपमा रहेका अधिकारहरूलाई ती सम्झौताहरूका कुनै पनि कुराले प्रभाव पार्दैन ।
13. तपाईंद्वारा गरिने खारेजी
तपाईंले सेवाहरूको प्रयोग बन्द गरेर सम्झौतालाई खारेज गर्न सक्नुहुन्छ ।
14. Huawei द्वारा खारेजी र निलम्बन
प्रचलित कानून अनुसार, हामीले कुनै पनि व्यक्ति वा तेस्रो-पक्षलाई दायित्वबोध नगराइकन कुनै पनि समयमा तपाईंका सेवाहरूको कुनै भाग(हरू) वा सबै सेवाहरू अस्थायी रूपमा वा स्थायी रूपमा निलम्बन गर्न, रद्द गर्न, सीमाहरू तोक्न वा तपाईंको पहुँचलाई प्रतिबन्ध गर्न सक्नेछौं । हामी यसो गर्नुअघि तपाईंलाई सूचना दिने प्रयत्न गर्नेछौं । यद्यपि, निम्न अवस्थाहरूमा हामीले तपाईंलाई अग्रिम सूचना नदिन पनि सक्छौं र तुरुन्तै तपाईंका सेवाहरूको कुनै भाग वा सबै सेवाहरू अस्थायी रूपमा वा स्थायी रूपमा निलम्बन गर्न, रद्द गर्न, सीमाहरू तोक्न वा तपाईंको पहुँचलाई प्रतिबन्ध लगाउन सक्नेछौं:
(1) तपाईंले यहाँ समाविष्ट गरिएको कुनै पनि सम्झौता, नीति वा मार्गनिर्देशनहरू सहित सम्झौतालाई उल्लङ्घन गर्न लाग्नुभयो वा Huawei ले तपाईंले उल्लङ्घन गर्न लागेको विश्वास गरेमा;
(2) तपाईं वा तपाईंको तर्फबाट कार्य गर्ने कुनै व्यक्तिले जालसाझीपूर्ण वा अवैधानिक रूपमा काम गर्छ वा हामीलाई गलत वा भ्रामक जानकारी उपलब्ध गराउँछ भने;
(3) मान्य कानूनी प्रक्रिया अन्तर्गत कानून प्रवर्तन वा अन्य सरकारी निकायहरूका अनुरोधहरूमा प्रतिक्रिया दिन;
(4) प्रणालीहरू वा हार्डवेयरमा अत्यावश्यक मर्मत-सम्भारको कार्य गर्न वा अद्यावधिकहरू गर्नु परेमा; वा
(5) अनपेक्षित प्राविधिक, सुरक्षा, व्यवसाय वा सुरक्षा कारणहरूले गर्दा ।
सम्झौताको म्याद समाप्ति वा खारेजीले सम्झौता सञ्चालन गर्न व्यक्त गरिएका वा निष्क्रियकरण वा खारेजी गरिएपछिको प्रभाव र कुनै पनि हासिल गर्नुपर्ने अधिकार वा दायित्वहरूको पूर्वाग्रह बिना वा त्यस्ता म्याद समाप्ति वा खारेजीलाई बचाउन अभिप्रेरित अधिकार वा दायित्वहरूका प्रावधानहरूलाई प्रभावित गर्दैन ।
सम्झौता खारेजीपछि स्पष्ट रूपमा वा यसको प्रकृतिका कारण मान्य हुन जारी रहने कुनै पनि सर्त उक्त सर्तको अवस्थाहरू सन्तुष्ट नभएसम्म वा यसको प्रकृतिका कारण सर्तको म्याद समाप्त नभएसम्म त्यहाँ त्यसपछि पनि पूर्ण प्रभावमा रहनेछ ।
15. यस सम्झौतामा परिवर्तनहरू
Huawei ले निरन्तर रूपमा सेवाहरू नवप्रवर्तन, परिवर्तन र सुधार गरिरहेको छ । Huawei ले सेवाका प्रकार्यता वा विशेषताहरू थप्ने वा हटाउने, सेवाहरूमा नयाँ सीमाहरू सिर्जना गर्ने वा सेवाहरूलाई अस्थायी रूपमा वा स्थायी रूपमा निलम्बन गर्ने वा बन्द गर्ने गर्न सक्नेछौं । सेवाहरूको अद्यावधिकहरूको आधारमा Huawei ले पनि सम्झौतालाई परिमार्जन गर्न सक्छ ।
हाम्रा प्रयोगकर्ताहरूलाई सामग्रीको रूपमा बेफाइदा पुर्‍याउने वा सेवाहरूको सामग्रीको रूपमा तिनीहरूको पहुँच वा उपयोगलाई सीमित बनाउने सेवाहरू वा सम्झौतामा गरिएका कुनै पनि परिवर्तन बारे हामीले तपाईंलाई उपयुक्त समयमा नै सूचित गराउने छौं । सुरक्षा, संरक्षण, कानूनी वा नियमनकारी आवश्यकताहरू पूरा गर्नका लागि हामीले गर्नुपर्ने सम्झौताका परिमार्जनहरूका लागि, हामी माथि उल्लिखित समय स्केल पूरा गर्न सक्षम नहुन सक्छौं र हामीले यी परिवर्तनहरूको बारेमा व्यावहारिक रूपमा सम्भव भएसम्म छिटो तपाईंलाई अद्यावधिक गर्नेछौं ।
16. सामान्य सर्तहरू
यी सेवा, वा तेस्रो-पक्षहरूले अन्य वेबसाइट वा संसाधनमा लिङ्कहरू उपलब्ध गराउन सक्छन् । हामी त्यस्ता बाह्य वेबसाइट वा संसाधनहरूका उपलब्धताका लागि उत्तरदायी हुँदैनौं र यसलाई समर्थन गर्दैनौं तथा उक्त वेबसाइट वा संसाधनहरूमा रहेका वा उपलब्ध कुनै पनि सामग्री, विज्ञापन, उत्पादन वा अन्य सामग्रीहरू प्रति उत्तरदायी वा जिम्मेवार हुँदैनौं भन्ने कुरालाई तपाईंले स्वीकार गर्नुहुन्छ र सहमति जनाउनुहुन्छ । हामी उक्त कुनै पनि वेबसाइट वा स्रोतहरूमा उपलब्ध त्यस्ता कुनै सामग्री, वस्तु तथा सेवाहरूको प्रयोग वा विश्वासद्वारा निम्तिने वा निम्तिएको भनी निर्दिष्ट गरिएका वा यससँग सम्बन्धित वा कुनै क्षति वा नोक्सानीहरूका लागि उत्तरदायी हुँदैनौं ।
यी सम्झौताहरूका कुनै पनि कुरालाई तपाईं र Huawei बीचमा साझेदारी वा एजेन्सी सम्बन्ध सिर्जना गर्नका लागि अर्थ लगाइनेछैन तथा पक्षसँग कुनै अन्य व्यक्तिको नाम लिएर वा तर्फबाट दायित्व ऋण वा लागत निम्त्याउने वा कुनै सम्झौता वा व्यवस्थाहरूमा प्रवेश गर्ने अधिकार हुनेछैन ।
Huawei सम्झौता सेवाका प्रावधानहरू अन्तर्गत यसको दायित्वहरूको कार्यसम्पादनमा Huawei को उचित नियन्त्रणभन्दा बाहिरका मामिलाहरूद्वारा निम्तिने वा आइपर्ने कुनै पनि असफलता वा ढिलाइका लागि उत्तरदायी हुँदैन ।
Huawei ले सम्झौता अन्तर्गत हाम्रा कुनै पनि अधिकार र जिम्मेवारीहरूलाई निर्दिष्ट, सह-ठेक्का वा प्रतिस्थापन गर्न सक्नेछ ।
यी सम्झौताहरूका कुनै प्रावधानको भाग सक्षम क्षेत्राधिकार वा अन्य कुनै सक्षम अधिकारीद्वारा निष्प्रभाव, अमान्य वा अप्रवर्तनीय भएको ठानिएमा, यसलाई सम्झौताबाट मेटाइनेछ भन्ने ठानिनेछ र यस सम्झौताका अन्य सबै प्रावधानहरू पूर्ण रूपमा सुदृढ र प्रभावकारी रहनेछन् ।
यो सम्झौता सेवाहरूको सम्बन्धमा हामी बीचको समग्र बुझाइ हो र तपाईंलाई यो सम्झौतामा नभएको कुनै पनि प्रतिनिधित्व, वारेन्टी वा वचनबद्धताको आधारमा यस सम्झौतामा प्रवेश गर्न निर्भर हुनुभएको छैन वा प्रेरित गरिएको छैन भन्ने कुरा तपाईं स्वीकार गर्नुहुन्छ र सहमति जनाउनुहुन्छ ।
17. नियन्त्रक कानून तथा क्षेत्राधिकार
सम्झौताको निर्माण, व्याख्या र सञ्चालन जनवादी गणतन्त्र चीनको कानूनहरूद्वारा निगमित गरिनेछ र नियन्त्रित गरिनेछ । तपाईं र Huawei ले सम्झौता Longgang District, Shenzhen, Guangdong Province, जनवादी गणतन्त्र चीनमा हस्ताक्षर गरिन्छ भनी सहमति जनाउनुहुन्छ । दुई पक्षहरू बीच सम्झौताको कार्यसम्पादनबाट प्रकट हुने कुनै पनि विवादलाई छलफलको माध्यमबाट सुल्झाइनेछ । छलफल असफल हुन्छ भने, कुनै पनि पक्षले सम्झौता हस्ताक्षर गरिएको क्षेत्रको उचित क्षेत्राधिकारको जन अदालतमा कानूनी अभियोग दायर गर्न सक्छ ।
तपाईं युरोपियन युनियनरोपियन युनियनको राष्ट्रमा बस्नुहुन्छ भने, तपाईंले आफू निवासी हुनुभएको राष्ट्रको कानूनको कुनै पनि अनिवार्य प्रावधानहरूबाट लाभ लिनुहुनेछ । यो सम्झौताका माथिको अनुच्छेद सहितका कुनै पनि कुराले स्थानीय कानूनका त्यस्ता अनिवार्य प्रावधानहरूमा विश्वास गर्ने उपभोक्ताको रूपमा तपाईंका अधिकारहरूलाई प्रभाव पार्दैनन् । यूरोपियन आयोगले अनलाइन विवाद रिजोल्यूशन प्लेटफर्म उपलब्ध गराउँछ जसलाई तपाईंले http://ec.europa.eu/consumers/odr/ मा पहुँच गर्न सक्नुहुन्छ । तपाईंले हामीलाई कुनै विषयमा ध्यानाकर्षण गराउन चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्नुहोस् ।
18. हामीलाई सम्पर्क गर्ने
तपाईंसँग सम्झौता सम्बन्धी कुनै प्रश्नहरू भएमा, कृपया हामीलाई hisuite@huawei.com मा सम्पर्क गर्नुहोस् ।
